Kathmandu Press

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।  
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं, वैशाख २८ : प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।  

वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भरेका थिए। त्यसमा वैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो। छलफलको अन्तिम दिन आज प्रधानमन्त्री केपी ओलीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका थिए।

Hardik ivf

आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो। 

नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कूल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए। ती सबै अस्वीकार भएका थिए। 

प्रकाशित मिति: १६:०३ बजे, आइतबार, वैशाख २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्