Kathmandu Press

पुलको टेन्डर गर्ने तर पूरा नगर्ने सरकारको प्रवृत्ति छ : सांसद सिंह

उनले २०६६ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदादेखि शिल्यान्यास गरेको पुल सरकारको ध्यान नपुग्दा अझै निर्माणमा १०–१५ वर्ष लाग्ने देखिएको बताए। 
पुलको टेन्डर गर्ने तर पूरा नगर्ने सरकारको प्रवृत्ति छ : सांसद सिंह
Hardik ivf

काठमाडौं, वैशाख २८ : स्वतन्त्र सांसद अमरेश कुमार सिंहले बागमती नदीको हुलाकी राजमार्ग अन्तर्गतको दुईवटा पुल अझै निर्माण हुन नसकेको भन्दै आपत्ति जनाएका छन्।
 
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २०६६ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदादेखि शिल्यान्यास गरेको पुल सरकारको ध्यान नपुग्दा अझै निर्माणमा १०–१५ वर्ष लाग्ने देखिएको बताए। 

‘बागमती नदीको दुई वटा पुल झण्डै १५–१६ वर्षमा पनि बन्न सकेको छैन। २०६६ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदादेखि शिल्यान्यास गरेको हुलाकी राजमार्ग अन्तर्गतको पुल अहिलेसम्म बनेको छैन,’ उनले भने, ‘अझै १०–१५ वर्ष लाग्ने देखिन्छ । सरकारको त्यसमा कुनै ध्यान छैन।’

सांसद सिंहले सरकारको पुलको टेन्डर गर्ने तर पूरा नगर्ने प्रवृत्ति रहेको पनि बताए। 
 

प्रकाशित मिति: १३:२५ बजे, आइतबार, वैशाख २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्