Kathmandu Press

स्कटल्यान्डमा हुने लिग–२को सिरिजका लागि नेपाली टिमको घोषणा

मुख्य प्रशिक्षक स्टुआर्ट लले बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेका हुन्।
स्कटल्यान्डमा हुने लिग–२को सिरिजका लागि नेपाली टिमको घोषणा

काठमडौं, वैशाख २७ : स्कटल्याण्डमा आयोजना हुने आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिमको घोषणा गरेको छ।

मुख्य प्रशिक्षक स्टुआर्ट लले बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेका हुन्। क्यानले उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिएको छ।

Hardik ivf

नन्दन यादव पहिलो पटक नेपालीको एकदिवसीय टिममा परेका छन्। यता, अलराउन्डर बासिर अहमदले झण्डै ३ वर्षपछि एकदिवसीय टिममा पुनरागमन गरेका छन्। 

यस्तै, क्यानले लिग–२को सिरिज लगत्तै हुने त्रिकोणात्मक टि–२० सिरिजका लागि थप तीन खेलाडीलाई टिममा राखेको छ। जसमा रुपेशकुमार सिंह, लोकेस बम र किरण ठगुन्ना छन्। यी खेलाडीहरूले प्रतिस्थापन गर्ने खेलाडीहरूको नाम भने लिग–२ को खेलहरू समाप्त भएपछि मात्र सार्वजनिक गरिने छ।

स्कटल्यान्ड र नेदरल्यान्डसँगको लिग–२को सिरिजन जुनको पहिलो साताबाट सुरु हुनेछ। जसमा नेपालले नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका छन्। 

त्यसअघि नेपालले इंग्ल्यान्डमा अभ्यास खेल खेल्ने छ। त्यहाँ एमसिसीसहित अन्य तीन स्थानीय क्लबसँग खेल्ने छ। त्यसपछि नेपालले स्कटल्यान्डको ए टिमसँग पनि अभ्यासन खेल खेल्ने छ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान) आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भिम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल ।

प्रकाशित मिति: १९:५४ बजे, शनिबार, वैशाख २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्