Kathmandu Press

नेपालमा पहिलो पटक राष्ट्रसेवा शक्तिसाधना नशामुक्ति शिविर हुँदै

शिविर आगामी जेठ २ र ३ गते काठमाडौंस्थित पशुपति मन्दिर परिसरको पार्किङ ग्राउण्डमा हुने आयोजक भगवती मानव कल्याण संगठनले जानकारी दिएको छ।
नेपालमा पहिलो पटक राष्ट्रसेवा शक्तिसाधना नशामुक्ति शिविर हुँदै

काठमाडौं, वैशाख २६ : नेपालमा पहिलो पटक राष्ट्रसेवा शक्तिसाधना नशामुक्ति शिविरको आयोजना हुने भएको छ। 

देशलाई नशामुक्त बनाउने लक्ष्य लिएको भगवती मानव कल्याण संगठनले नेपालमा निःशुल्क नशामुक्ति शिविरको आयोजना गरेको हो। 

शिविर आगामी जेठ २ र ३ गते काठमाडौंस्थित पशुपति मन्दिर परिसरको पार्किङ ग्राउण्डमा हुने आयोजक भगवती मानव कल्याण संगठनले जानकारी दिएको छ।

कार्यक्रमको पहिलो दिन विहान ७ बजेदेखि ९ बजेसम्म योग ध्यान साधना शिविरको आयोजन गरिएको छ। यस्तै दिउँसो २ बजेदेखि ५ बजेसम्म शक्तिपुत्रजी महाराजको चेतनात्मक प्रवचन हुनेछ। यस्तै साँझ ४ बजेदेखि ५ बजेसम्म माँ दुर्गा भवानीको दिव्य आरती हुनेछ। 

यस्तै कार्यक्रमको दोश्रो दिन विहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुनेछ । साथै शिविरमा निःशुल्क रुपमा शक्तिजल वितरण गरिनेछ। नशाको लत साथै मानसिक तनावबाट मुक्ति प्रदान गर्ने एवम् ठुलो बिमारीमा सहायक सिद्ध हुने शक्तिजल शिविरमा निशुल्क प्राप्त गर्न सकिने छ। 

भगवती मानव कल्याण संगठन एक जनकल्याणकारी आध्यात्मिक संगठन हो जसले समाजमा नशामुक्त, मांशाहार मुक्त, चरित्रवान् चेतनावान्, परोपकारी एवम् पुरुषार्थी समाज निर्माणका साथ जातिभेद, छुवाछुत जस्ता सामाजिक विकृति हटाएर मानवताको पथमा अघि बढाउने कार्य गर्दै आएको छ।

प्रकाशित मिति: १८:५४ बजे, शनिबार, वैशाख २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्