Kathmandu Press

विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ

विश्वविद्यालयका अध्यक्ष डा.अर्जुन कार्की, कुलपति प्रा.डा.रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले सपथ लिएका हुन्। 
विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुको आज पद तथा गोपनीयताको सपथ भएको छ।

प्रधानमन्त्री निवास बालुुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा.अर्जुन कार्की, कुलपति प्रा.डा.रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले सपथ लिएका हुन्। 

Hardik ivf

नयाँ कानुनी व्यवस्थानुुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिष्ट्रार चेम्जोङलाई सपथ दिलाएका हुन्। 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, शिक्षा मन्त्रालयका सचिव डा.दिपक काफ्लेलगायत उपस्थित थिए।
 

प्रकाशित मिति: १८:२२ बजे, शनिबार, वैशाख २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्