Kathmandu Press

पहिलो ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना हुँदै

समिटमा नेपाली पत्रकारितामा पत्रकारहरुले भोग्न परेका कठिनाई अवसर र चुनौतीमा प्रस्तुति, छलफल र सुझाव सहितको निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ। 
पहिलो ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना हुँदै

काठमाडौं, वैशाख २६ : पहिला पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्न गइरहेको छ। 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक सम्बृद्धि र समृद्ध नेपालकालागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रुपान्तरणमा केही योगदान पु¥याउन सकिन्छ भन्ने उद्देश्यले नेपाल प्रेस यनियल यो समिट आयोजना गर्न लागेको जानकारी गराएको हो। 

यो समिट काठमाडौदेखि पोखरा हुँदै मुस्ताङसम्म वैशाख २७ गते देखि ३० गतेसम्म चल्नेछ। विश्वको बदलिदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्न परेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभाव बारेमा दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट आएका विषय विज्ञहरुको कार्यक्रममा प्रस्तुती रहनेछ। 

Hardik ivf

समिटमा नेपाली पत्रकारितामा पत्रकारहरुले भोग्न परेका कठिनाई अवसर र चुनौतीमा प्रस्तुती, छलफल र सुझाव सहितको निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ। 

वैशाख २७ गते ललितपुरको होटल हिमालयमा बिहान ९ बजे समिटको औपचारिक समुद्घाटन हुनेछ। 

उपराष्ट्रपति रामसहाय प्रसाद यादवद्वारा समदघाटन हुने समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गरुङ, परराष्ट्र मन्त्री डा.आरज राणा देउवा लगायत विभिन्न देशका पत्रकारहरुबाट सम्बोधन हुनेछ।

उद्घाटन समारोह पछि ‘राजनैतिक दल, नागरिक समाज लोकतन्त्र र पत्रकारिता को कति नजिक को कति टाढा’ भन्ने विषयलाई केन्द्रमा राखेर प्रस्तुति तथा बहस हुनेछ। विदेशी पत्रकारसहित करिब एक सय पचास पत्रकार सहभागी हुने समिटको यात्रा काठमाडांैदेखि पाखरा हुँदै मुस्ताङको लोमन्थाङसम्म हुनेछ।

समिटको दोस्रो दिन पर्यटकीय नगरी पोखरामा तीन वटा विषयगत सेसनमा प्रस्तुति तथा बहस हुनेछ। उक्त दिन पहिलो सत्र ‘जलवायु संकट र पत्रकारिता’ दोस्रो सत्रमा ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ तेस्रो सत्रमा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा प्रस्तुति तथा छलफल हुनेछ।

त्यसैगरी समिटको तेस्रो दिन पोखरादेखि मुस्ताङस मिडिया यात्रा हुन्छ भने चौथा दिन मुस्ताङको जोमसोममा स्थानीय बासिन्दाको सहभागीतामा ‘जलवाय संकटमा मिडियाको भूमिका’ बारेमा बृहत अन्तक्रिया हुनेछ। सोही दिन लोमान्थाङ घोषणा पत्र जारी गरि कार्यक्रम सम्पन्न गर्ने योजना रहेको छ।
 

प्रकाशित मिति: १५:३३ बजे, शुक्रबार, वैशाख २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्