Kathmandu Press

दिल्लीमा मदिरा किन्दा ७० प्रतिशत कोरोना शुल्क तिनुपर्ने

नयाँ दिल्ली, वैशाख २३ : भारतमा लकडाउनको कारण बन्द रहेको मदिरा पसल सोमबादेखि खुलेपछि किन्नेको भीड लागेको छ। मदिरा किन्नेको भीड लागेपछि दिल्ली सरकारले म....

दिल्लीमा मदिरा किन्दा ७० प्रतिशत कोरोना शुल्क तिनुपर्ने

नयाँ दिल्ली, वैशाख २३ : भारतमा लकडाउनको कारण बन्द रहेको मदिरा पसल सोमबादेखि खुलेपछि किन्नेको भीड लागेको छ। मदिरा किन्नेको भीड लागेपछि दिल्ली सरकारले मंगलरबारदेखि मदिरामा ७० प्रतिशतसम्म कोरोना कर तिर्नुपर्ने नियम लागु गरेको छ। 

मुख्यमन्त्री केजरीवालले मदिराको अधिकतम मूल्यमा थप ७० प्रतिशत कोरोना कर भुक्तानी गर्नुपर्ने निर्णय गरेका हुन्। 

पसल खुलेसँगै सोमबार मदिरा पसलमा भीडलागेपछि प्रहरीले सामाजिक दुरी कायम नगरेको भन्दै पसलअगाडि जम्मा मानिसहरुमाथि लाठीचार्जसमेत गरेका थिए।

मदिरामा ७० प्रतिशतसम्म शुल्क बृद्धि भएपछि दिल्लीमा मदिरा सेवन निरूत्साहित हुने दिल्ली सरकारको आशा छ।

कोरोनाभाइरसको संक्रमण तथा रोकथामको लागि भारतम गत मार्च २५ देखि देशव्यापी लकडाउन गरिएको छ। लकडाउन गरेपनि कोरोना संक्रमित भने तीव्र गतिमा फैलिरहेका छन्।

मंगलबारसम्म भारतमा ४६ हजार ४ सय ३७ मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने  १ हजार ५ सय ६६ मानिसको मृत्यु भएको छ।

प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, वैशाख २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्