Kathmandu Press

भारत–पाकिस्तान तनावपछि आईपिएल स्थागित

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (सीसीआई)ले सरकारकासँगको छलफल पछि आईपिएलका बाँकी खेल अनिश्चितकालका लागि स्थागित गर्ने निर्णय गरेको हो।
भारत–पाकिस्तान तनावपछि आईपिएल स्थागित

काठमाडाैं, वैशाख २६ : भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण इन्डियन प्रिमियर लिग (आईपिएल) अनिश्चितकालका लागि स्थगित भएको छ। 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (सीसीआई)ले सरकारकासँगको छलफल पछि आईपिएलका बाँकी खेल अनिश्चितकालका लागि स्थागित गर्ने निर्णय गरेको हो।

Hardik ivf

यसअघि बिहीबार धर्मशालामा भएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सोही कारण बीचमै स्थागित गरिएको थियो। खेल १०.१ ओभरपछि रद्द भएको थियो। धर्मशाला नजिकैका शहरहरू जम्मू र पठानकोटमा हवाई आक्रमणको चेतावनी आएपछि स्टेडियमको फ्लड लाइट बन्द गर्दै खेल स्थगित गरिएको थियो। 

अप्रिल २२ मा जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमण र त्यसको जवाफमा भारतले बुधबार सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’को परिणाम हो। बिहीबार साँझ पाकिस्तानले ड्रोन र मिसाइलमार्फत जम्मू, पञ्जाब र राजस्थानमा आक्रमणको प्रयास गरेको थियो, जसलाई भारतीय हवाई रक्षा प्रणालीले रोकेको थियो।

आइपिएलका अध्यक्ष अरुण धुमलले यो अवस्थालाई ‘विकसित परिस्थिति’को रूपमा वर्णन गरेका छन्। धेरै विदेशी खेलाडीहरूले सुरक्षा जोखिमका कारण आफ्नो देश फर्कने इच्छा व्यक्त गरेका थिए। 

प्रकाशित मिति: १३:१३ बजे, शुक्रबार, वैशाख २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्