अन्तर्राष्ट्रिय साझेदारसँग आर्थिक सहायताका लागि पाकिस्तानको अपिल
सामाजिक सञ्जाल प्लाटफर्म एक्सको पोस्टमा पाकिस्तानले भारतका तर्फबाट ‘गम्भीर क्षति’ भएको दाबी गर्दै आफ्ना मित्र राष्ट्रहरूलाई आर्थिक सहायता उपलब्ध गराउन अनुरोध गरेको हो।
काठमाडौं, वैशख २६ : भारतसँगको बढ्दो तनावबीच पाकिस्तानको आर्थिक मामिला विभागले अन्तर्राष्ट्रिय साझेदारहरूलाई थप ऋण सहायताका लागि अपिल गरेको छ।
सामाजिक सञ्जाल प्लाटफर्म एक्सको पोस्टमा पाकिस्तानले भारतका तर्फबाट ‘गम्भीर क्षति’ भएको दाबी गर्दै आफ्ना मित्र राष्ट्रहरूलाई आर्थिक सहायता उपलब्ध गराउन अनुरोध गरेको हो।
यता, भारतले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको छलफल गरेर पाकिस्तानलाई दिइने ऋण कार्यक्रमहरूको पुनरावलोकन गर्न आग्रह गर्ने तयारी गरेको छ।
पाकिस्तान अहिले भुक्तानी असन्तुलन र विदेशी मुद्रा सञ्चितिमा आएको गिरावट लगायत कारणले गम्भीर आर्थिक समस्यामा छ।
पाकिस्तानले चीन, साउदी अरेबिया र यूएई लगायतका अन्तर्राष्ट्रिय ऋणदाताहरूबाट ऋण प्राप्त गरिसकेको भए पनि अझै आर्थिक स्थायित्व कायम गर्न थप सहयोगको खोजीमा छ।
यता, अमेरिकाले भारत र पाकिस्तान दुवैलाई युद्ध रोक्न आग्रह गरेको छ। युद्धले समस्याको समाधान नगर्ने भन्दै एकअर्कामाथि आक्रमण बन्द गर्न अमेरिकाले भनेको हो।
अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनको क्रममा भनिन्, ‘हिंसा, सैन्य कारबाही र युद्ध रोकिनुपर्छ, अमेरिकाको सन्देश यही हो । मध्यपूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै समाधान निस्कँदैन।’



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)