युरोपा उपाधिका लागि युनाइटेड र टोटनहमसँग भिड्ने
स्पेनिस क्लब एथ्लेटिक बिल्बाओमाथि समग्रमा ७–१को फराकिलो जित निकाल्दै युनाइटेड फाइनल पुगेको छ भने टाेटनहमले नर्वेको क्लब बोडो ग्लिम्टलाई समग्रमा ५–१ले हरायो ।
कठमाडाैं, वैशाख २६ : म्यान्चेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइलनमा पुगेको छ। स्पेनिस क्लब एथ्लेटिक बिल्बाओमाथि समग्रमा ७–१को फराकिलो जित निकाल्दै युनाइटेड फाइनल पुगेको छ।
पहिलो लेग ३–०ले जितेको युनाइटेडले दोस्रो लेग ४–१ले जित्यो। लिगमा कमजोर प्रदर्शन गरेपछि युनाइटेड युरोपा लिगमा अपराजित रहँदै फाइनल पुगेको हो।
घरेलु मैदानमा भएको दोस्रो खेलमा युनाइटेडका लागि मासन माउन्टले २ गोल गरे भने कासेमिरो र रास्सम होइल्यान्डले पनि गोल गरे। बिल्बाओका मिकेल जाउरेजिसरले गोल गरेका थिए।
खेलमा अग्रता बिल्बाओले लियो। ३१औं मिनेटमा जाउरेजिसरले गोल गरेका थिए। खेलको पहिलो हाफ १–०मै सकियो।
खेलको अन्त्यतिर १९ मिनेटमा ४ गोल गर्दै युनाइटेडले सानदार जित निकाल्यो। ७२औं मिनेटमा माउन्टले युनाइटेडका लागि बराबरी गोल गरे। ७९औं मिनेटमा कासेमिरोले गोल गरेपछि युनाइटेडले खेलमा अग्रता लियो।
त्यसपछि ८५औं मिनेटमा होइल्यान्ड र इन्जुरी समयको पहिलो मिनेटमा माउन्टले नै गोल गरेपछि युनाइटेड दोस्रो लेगमा ४–१ जित निकाल्न सफल भयो। ऊ समग्रमा ७–१को जितसहित फाइनल पुग्यो।
यस्तै, अर्को सेमिफाइनलमा जित निकाल्दै टोटनहम पनि फाइनल पुगेको छ। उसले नर्वेको क्लब बोडो ग्लिम्टलाई समग्रमा ५–१ले हरायो। पहिलो खेलमा ३–१ले जितेको टोटनहमले दोस्रो लेग २–०ले जितेको थियो।
एथ्लेटिक बिल्बाओको मैदान सान मामेमा मे २२मा हुनेछ।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)