Kathmandu Press

भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

गोलीबारीका कारण स्थानीय बासिन्दाहरूको ज्यान, सम्पत्ति, मवेशीमा क्षति पुगेको छ भने, विद्यालय, अस्पताल र बजारहरू बन्द गरिएका छन्।
भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

काठमाडौं, वैशाख २६ : भारत र पाकिस्तानबीचको चुलिँदो तनावका बीच नियन्त्रण रेखा (एलओसी) नजिक भारी गोलीबारी जारी रहँदा सीमावर्ती भारतीय क्षेत्रका नागरिकहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन्।

पछिल्ला दिनमा पुनः सुरु भएको शत्रुताले एलओसी आसपासका बासिन्दाहरूलाई पुनः संघर्षकालीन कठिनाइको सामना गराएको छ। गोलीबारीका कारण स्थानीय बासिन्दाहरूको ज्यान, सम्पत्ति, मवेशीमा क्षति पुगेको छ भने, विद्यालय, अस्पताल र बजारहरू बन्द गरिएका छन्।

Hardik ivf

भारतले कश्मीरको पहलगाममा पर्यटकमाथिको प्राणघातक आक्रमणपछि पाकिस्तानले लगातार युद्धविरामको उल्लंघन गर्दै आएको आरोप लगाएको छ । पाकिस्तानले ७४० किलोमिटर लामो एलओसीको विभिन्न स्थानमा आक्रमण गरिरहेको बताइएको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार मे ७ बिहान गरिएको हवाई आक्रमणपछि एलओसी क्षेत्रमा भइ रहेको गोलीबारीमा हालसम्म १६ जनाको मृत्यु भइसकेको छ भने ५९ जना घाइते भएका छन्।

मृतकमध्ये महिलाहरू, बालबालिका र भारतीय सेनाका लान्स नायक दिनेश कुमार पनि छन्। मिसाइल र ड्रोनका टुक्रा भारतीय राज्य पञ्जाबका विभिन्न जिल्लामा भेटिएपछि त्यहाँ त्रासको वातावरण सिर्जना भएको छ।
भारतले मे ७ र ८ राति पाकिस्तानबाट प्रक्षेपण गरिएका धेरै ड्रोन र मिसाइल आक्रमणहरू नष्ट गरिएको दाबी गरेको छ। त्यसपछि मे ८ मा भारतले लाहौरस्थित एक हवाई सुरक्षा प्रणाली नष्ट गरिएको घोषणा गरेको छ, यद्यपि पाकिस्तानले यसको पुष्टि गरेको छैन। 

प्रकाशित मिति: १०:५४ बजे, शुक्रबार, वैशाख २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्