Kathmandu Press

संसद सचिवालयको महासचिव डा. गौतमले लिए सपथ

काठमाडौं, वैशाख २३ : नवनियुक्त संघीय संसदको महासचिव डा. भरतराज गौतमले पल तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। मंगलबार संघीय संसद सचिवालय सिंहदवारमा आयो....

संसद सचिवालयको महासचिव डा. गौतमले लिए सपथ

काठमाडौं, वैशाख २३ : नवनियुक्त संघीय संसदको महासचिव डा. भरतराज गौतमले पल तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। मंगलबार संघीय संसद सचिवालय सिंहदवारमा आयोजित एक कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई शपथ ग्रहण गराएका हुन्।

उक्त कार्यक्रममा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, उपाध्यक्ष, संसदिय दलका नेता, सचेतक र समिती सभापतिज्युहरुको समेत उपस्थिती रहेको थियो।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई संघीय संसद सचिवालयको महासचिवमा नियुक्त गरेकी हुन्।

यसअघि सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा डा. गौतमलाई संघीय संसद सचिवालयको महासचिवमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। 

गौतम यसअघि संघीय संसद सचिवालयको सचिव र प्रवक्ताका रुपमा काम गरिसकेका व्यक्ति हुन्।

प्रकाशित मिति: १३:१० बजे, मंगलबार, वैशाख २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्