Kathmandu Press

भारतले भन्यो– जम्मु, पठनकोट र उधमपुरमा पाकिस्तानी आक्रमण, पाकिस्तानले अस्वीकार ग¥यो

आक्रमण भए पनि ती सबै आक्रमणहरूलाई निष्क्रिय पारिएको जनाएको छ। भारतका अनुसार, कुनै पनि प्रकारको मानवीय वा भौतिक क्षति भएको छैन।
भारतले भन्यो– जम्मु, पठनकोट र उधमपुरमा पाकिस्तानी आक्रमण, पाकिस्तानले अस्वीकार ग¥यो

काठमाडौं, वैशाख २६ : भारतले जम्मु, पठनकोट र उधमपुरस्थित सैनिक क्याम्पहरूमा बिहीबार राति पाकिस्तानबाट ड्रोन र मिसाइल आक्रमण भएको दाबी गरेको छ। 

आक्रमण भए पनि ती सबै आक्रमणहरूलाई निष्क्रिय पारिएको जनाएको छ। भारतका अनुसार, कुनै पनि प्रकारको मानवीय वा भौतिक क्षति भएको छैन।

भारतको रक्षा मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘पाकिस्तानबाट आएको ड्रोन तथा मिसाइल आक्रमणलाई भारतको हवाई सुरक्षा प्रणालीले सफलतापूर्वक रोक्न सफल भएको छ । भारत आफ्नो सार्वभौमिकता र नागरिकहरूको सुरक्षामा पूर्ण रुपमा प्रतिबद्ध छ।’

यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आक्रमणको दाबी अस्वीकार गरेका छन्।  

प्रकाशित मिति: १०:२६ बजे, शुक्रबार, वैशाख २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्