बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, स्थायी समितिका एजेन्डाबारे छलफल
काठमाडौं, वैशाख २३ः प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। मंगलबार प्रधानमन्....

काठमाडौं, वैशाख २३ः प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो। भेटवार्तामा आगामी २५ गते हुने स्थायी समिति बैठकमा लैजाने एजेन्डाकाबारेमा छलफल भएको बताइएको छ। स्रोतका अनुसार स्थायी समिति बैठकमा व्यवस्थित प्रतिवेदन नलगिने तर, के–के प्रस्ताव र कसरी लैजाने भन्ने विषयमा छलफल भएको छ।
ओली र प्रचण्डबीच सोमबार समेत छलफल भएको थियो। नेकपाले २४ गते सचिवालय बैठक बोलाइएको छ भने २५ गते स्थायी समिति बैठक बोलाइएको छ।
प्रकाशित मिति: १२:५६ बजे, मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











