Kathmandu Press

उच्चस्तरीय समितिको बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

काठमाडौं, वैशाख २३ : लकडाउनबारे निर्णय गर्न कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक आज बस्दै छ।

प्रधानमन्त्री तथा ....

उच्चस्तरीय समितिको बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी
फाइल फाेटाे

काठमाडौं, वैशाख २३ : लकडाउनबारे निर्णय गर्न कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक आज बस्दै छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजे उच्चस्तरीय समितिको बैठक बोलाइएको छ। आजको बैठकमा लकडाउनबारे निर्णय हुने जनाइएको छ।

उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले अहिलेसम्म गरिएको लकडाउनको समीक्षा गर्दै नयाँ खाका तयार गरेको छ। त्यसमा छलफल गरेर सरकारलाई सिफारिस गरिने जनाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा उपस्थित हुने जनाइएको छ। बैठकले लकडाउनका बारेमा आवश्यक निर्णय गरेर सरकारलाई सिफारिस गर्ने छ।

नेपालगञ्जमा २३ जनामा कोरोना देखिएपछि उच्चस्तरीय समिति पनि लकडाउन लम्ब्याउने निष्कर्षमा पुगेको छ। सोमबार बसेको बैठकले १० दिन लकडाउन लम्ब्याउने मोटामोटी तयारी गरेको जनाइएको छ। आज प्रधानमन्त्री ओलीसहित बस्ने बैठकमा केही थपघट हुनसक्ने समितिले जनाएको छ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको म्याद वैशाख २५ गते सकिँदै छ।

समितिले लकडाउन केही खुकुलो गर्ने विषयमा छलफल गरेको थियो। तर, पछिल्लो पटक नेपालगञ्जमा कोरोना देखिएपछि लकडाउन लम्ब्याउने तयारी गरेको समितिका एक सदस्यले बताए।

अहिलेसम्म नेपालमा ८२ जनामा कोरोना देखिएको छ। त्यसमध्ये १६ जना निको भएर घर फर्केका छन्। अन्य ६६ जनाको उपचार भइरहेको छ।

कर्णालीबाहेक सबै प्रदेशमा कोरोनाको संक्रमण देखिएको छ। कर्णालीले भने एक साताका लागि सिल गरेको छ।

प्रकाशित मिति: १२:४८ बजे, मंगलबार, वैशाख २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्