‘ऊनको स्वीटर’को प्रिमियरमा देखियो उत्साह
बुधबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित सिनेमा हलमा आयोजित प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति थियो।-1746683808.jpg)
काठमाडौं, वैशाख २५ : नेपाली फिल्म ‘ऊनको स्वीटर’ले भव्यरुपमा प्रिमियर सम्पन्न गरेको छ।
बुधबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित सिनेमा हलमा आयोजित प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति थियो।
फिल्म हेर्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले फिल्म एकदमै राम्रो रहेको भन्दै नेपाली चलचित्रहरु एकपछि अर्को हेर्न लायक बनिरहेको बताए।
यस्तै अभिनेता विपिन कार्कीले फिल्म हेरेपछि राम्रो प्रतिक्रिया पाइरहेको र फिल्मले मन छुने बताए । उनले वैशाख २६ गते सिनेमा घरमा गएर हेरिदिन आग्रह समेत गरे।
वैशाख २६ गतदेशभर प्रदर्शन हुन लागेको चलचित्र उनको स्विटरमा अभिनेता कार्की र मिरुना मगर मुख्य भुमिकामा छन् भने अन्य कलाकारमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ।
आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको चलचित्रको कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ । फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गरेका छन्।
फिल्म शुक्रवार (वैशाख २६)बाट देशभर प्रदर्शनमा आउन लागेको हो । फिल्मको अग्रिम टिकट बुकिङ पनि सुरु भएको छ।
फिल्मको छायाङ्कन पूर्वी नेपालको पाँचथर र भारतको सीमा क्षेत्र फालेलुङमा गरिएको हो। फिल्ममले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजको जीवन्त रङ्गहरूलाई एउटै कथामा समेट्ने प्रयास गरेको निर्देशक चौहानले बताएका छन्। फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ ।
