Kathmandu Press

आजको मौसम : पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना 

जसका कारण हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ भने देशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। 
आजको मौसम : पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना 

काठमाडौं, वैशाख २५ : हाल देशमा पश्चिमी वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

जसका कारण हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ भने देशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। 

Hardik ivf

आज दिउँसो, देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
विभागका अनुसार कोशी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राती, देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: ०८:३२ बजे, बिहीबार, वैशाख २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्