टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
यसअघि नै टि-२० क्रिकेटबाट सन्न्यास लिइसकेका रोहित एकदिवसीय क्रिकेटमा मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा देखिने छन्।
काठमाडाैं, वैशाख २४ : भारतीय स्टार ब्याट्सम्यान तथा कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
३८ वर्षीय रोहितले बुधबार रेड बल क्रिकेट छाड्ने घोषणा गरेका हुन्। गत घरमै भएको न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिज र अस्ट्रेलिविरुद्धको बोर्डर–गास्कर ट्रफीम खराब प्रदर्शन गरेपछि रोहितले टेस्ट क्रिकेटबाट सन्न्यास लिनुपर्ने धेरैले धराणा राखेका थिए।
यसअघि नै टि-२० क्रिकेटबाट सन्न्यास लिइसकेका रोहित एकदिवसीय क्रिकेटमा मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा देखिने छन्।
यो घोषणाले विश्व क्रिकेटमा ठूलो चर्चा उत्पन्न गरेको छ, किनकि रोहित भारतीय टेस्ट क्रिकेटका प्रमुख खेलाडी र कप्तान थिए।
सन्न्यासको घोषणा गर्दै रोहितले टेस्ट क्रिकेटमा भारतको प्रतिनिधित्व गर्नु सम्मानको कुरा भएको बताएको छन्। नयाँ पुस्तालाई अवसर दिन सन्न्यास लिएको उनले बताएका छन्।र
‘सेतो जर्सीमा भारतको प्रतिनिधित्व गर्नु मेरो लागि सधैं गर्वको क्षण थियो। यो कठिन निर्णय थियो, तर मलाई लाग्छ कि अब नयाँ पुस्तालाई अवसर दिने समय आएको छ,’ उनले भनेका छन्।
रोहितले टेस्ट करियरमा समर्थन गर्ने प्रशंसक, टोलीका साथीहरू, प्रशिक्षक र बिसिसिआईप्रति आभार व्यक्त गरेका छन्।
रोहितको यो निर्णय हालैको अस्ट्रेलिया भ्रमणमा उनको खराब फर्म र टोली व्यवस्थापनसँगको असहमतिपछि आएको हो। सिड्नी टेस्टमा उनले आफूलाई टोलीबाट हटाएका थिए, जसलाई उनले टोलीको हितमा लिएको निर्णय भनेका थिए। यद्यपि, उनले सन्यासको अफवाहलाई त्यतिबेला खण्डन गरेका थिए।
रोहितले ६७ टेस्ट खेलमा ४०.५७ को औसतमा ४३०१ रन बनाएका छन्। जसमा १२ शतक र १८ अर्धशतक सामेल छ। टेस्ट करियरमा विशेषगरी इंग्ल्यान्डमा उनको प्रदर्शन उल्लेखनीय रह्यो, जहाँ उनको औसत ४४.६६ को छ।