Kathmandu Press

६२.२५ अंकले बढ्यो नेप्से, साढे १० अर्बको कारोबार

६२.२५ अंकले बढ्यो नेप्से, साढे १० अर्बको कारोबार

काठमाडौं, वैशाख २४ : नेप्से परिसूचकमा बुधबार उच्च अकको वृद्धि भएको छ। 

आज ६२.२५ अंकले बढेर नेप्से परिसूचक २६७३.६९ विन्दुमा कायम छ। यो २.३८ प्रतिशत वृद्धि हो।

बुधबार नेप्सेमा कारोबार रकम पनि बढेको छ। बुधबार १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँको कारोबार भयो। 

३०८ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार चार सय ५९ कित्ता शेयर ९९ हजार चीन सय पाँच पटक खरिदबिक्री भयो। 

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी वित्त समूह ५.४७ र जलविद्युत् समूह ३.१३ प्रतिशतले बढेको छ। 

यस्तै, बैंकिङ २.९७, विकास बैंक २.४०, होटल तथा पर्यटन १.५९, लगानी ०.८१ र जीवन बिमा समूह २.४४ प्रतिशतले बढेको छ। 

उत्पादन तथा प्रशोधन १.१८, लघुवित्त २.२४, म्युचुअल फण्ड ०.५७, निर्जीवन बिमा २.६७, व्यापार ०.५३ र अन्य समूह २.५३ प्रतिशतले बढेको छ।

नेपाल माइक्रोइन्स्योरेन्स र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । सबैभन्दा बढी न्यादी हाइड्रोपावरको शेयर मूल्य ४.५० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावरको ५९ करोड २० लाख ९६ हजार आठ सय २६ बराबरको शेयर किनबेच भएको छ। 

प्रकाशित मिति: १७:१२ बजे, बुधबार, वैशाख २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्