Kathmandu Press

कोशीको बजेट अधिवेशन जेठ ४ गतेबाट 

बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जनाए।
कोशीको बजेट अधिवेशन जेठ ४ गतेबाट 

मोरङ, वैशाख २४ : कोशी प्रदेश सरकारले आगामी जेठ ४ गते दिउँसो २ बजेबाट प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। 

बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जनाए।

बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीबारे प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ।

यस्तै सुनसरी जिल्लाको कोशी गाउँपालिकाको केन्द्र स्थान हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ। त्यस्तै, ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२’ स्वीकृत गर्ने निर्णय बैठकले गरेको मन्त्री भण्डारीले बताए। 

प्रदेश सरकारले हालै सम्पन्न प्रदेश लगानी सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउन योगदान पु¥याउने सबैलाई धन्यवाद दिने प्रस्ताव पनि पारित गरेको छ। 
 
प्रकाशित मिति: १६:१४ बजे, बुधबार, वैशाख २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्