Kathmandu Press

मोदीले रद्द गरेर युरोप भ्रमण

युरोप भ्रमण रद्द गरेका मोदी हिले सुरक्षा सम्बन्धी विषयमा मन्त्रिपरिषद्का  सदस्यहरूसँग छलफलमा छन्। 
मोदीले रद्द गरेर युरोप भ्रमण

नयाँ दिल्ली, वैशाख २४ : भारत र पाकिस्तानबीचको तनावपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो युरोप भ्रमण रद्द गरेका छन्। 

युरोप भ्रमण रद्द गरेका मोदी हिले सुरक्षा सम्बन्धी विषयमा मन्त्रिपरिषद्का  सदस्यहरूसँग छलफलमा छन्। 

मोदीले मे १३ देखि १७ सम्म क्रोएसिया, नर्वे र नेदरल्यान्ड्सको भ्रमण गर्ने कार्यक्रम थियो।

भारतले गएराति पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा परेर कम्तिमा ३० जना मारिएका छन् । कयौं घाइते भएका छन्।

भारतले यो आक्रमणहरूलाई सन्तुलित र जिम्मेवार भन्दै बचाउ गरेको छ। उसले कुनै पनि सर्वसाधारणलाई लक्षित नगरेको र केवल आतङ्कवादी शिविरहरूमा प्रहार गरिएको जिकिर गरेको छ।

पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफले ‘कायरतापूर्ण आक्रमण’ भन्दै जवाफ दिइने बताएका छन् । यसपछि दुई देशबीच तनावको स्थिति सिर्जना भएको छ।
 

प्रकाशित मिति: १६:०८ बजे, बुधबार, वैशाख २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्