Kathmandu Press

कल्याण श्रेष्ठका दुई गीतिसंग्रह ‘धार बदलिएको जिन्दगी’ र ‘जिन्दगी जति हिँड्यो उति टाढा’ सार्वजनिक

वरिष्ठ गीतकार देवकोटा, प्रा.डा. श्रेष्ठ, कामु प्रधानन्यायधिस सपना मल्ल प्रधान, कवि तथा गीतकार गीता त्रिपाठी, संगीतकार शक्ति बल्लभ र गीतका सर्जक कल्याण श्रेष्ठले उक्त कृतीको लोकार्पण गरेका थिए। 
कल्याण श्रेष्ठका दुई गीतिसंग्रह ‘धार बदलिएको जिन्दगी’ र ‘जिन्दगी जति हिँड्यो उति टाढा’ सार्वजनिक

काठमाडौं, वैशाख २३ : कवि एवम् गीतकार कल्याण श्रेष्ठले नयाँ वर्षसँगै ‘धार बदलिएको जिन्दगी’ र ‘जिन्दगी जति हिँड्यो उति टाढा’ गीतसङ्ग्रह पाठक स्रोता समक्ष उपहार लिएर आएका छन्। 

पूर्वप्रधानन्यायाधीश समेत रहेका गीतकार श्रेष्ठका गीति एल्बम दुई कृतिको आइतबार एक समारोविच लोकार्पण गरिएको हो। 

गीत संगीत र राष्ट्र«का प्रसिद्ध व्यक्तित्वहरुको बाक्लो उपस्थितीविच सङ्गीत प्रतिष्ठान नेपाल र शिखा बुक्सद्वारा आयोजित उक्त समारोहमा वरिष्ठ गीतकार एवम् गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटाको सभापतित्व र प्राध्यापक डा.राम मनोहर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। 

Hardik ivf

वरिष्ठ गीतकार देवकोटा, प्रा.डा. श्रेष्ठ, कामु प्रधानन्यायधिस सपना मल्ल प्रधान, कवि तथा गीतकार गीता त्रिपाठी, संगीतकार शक्ति बल्लभ र गीतका सर्जक कल्याण श्रेष्ठले उक्त कृतीको लोकार्पण गरेका थिए। 

गीति एल्बम ‘धार बदलिएको जिन्दगी’ को समीक्षा संगीतकार शक्ति बल्लभले गरेका थिए।  गीतकार गीता त्रिपाठीले गीत संग्रह ‘जिन्दगी जति हिँड्यो उति टाढा’ को समीक्षात्मक टिप्पणीसहित मन्तव्य राखिन्। 

वरिष्ठ गीतकार देवकोटाले गीतका सर्जक श्रेष्ठले परम्परा भन्दा फरक धारमा गीत लेखेर अलग परिचय बनाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिए । देवकोटाले श्रेष्ठले न्यायलयमा पाएको सफलता जस्तै गीति लेखनमा पनि सिद्धहस्त शव्द शिल्पी भएको भन्दै प्रशंसा पनि गरे।
लोकार्पित गीति एल्वम ‘धार बदलिएको जिन्दगी’ मा ‘म मरेको खबर, यादहरु, तिम्रो सौन्दर्यको, म संगको र नेपालका हौँ’ गरी पाँच वटा गीत रहेका छन्। वरिष्ट सङ्गीतकार शक्ति बल्लभको एकल सङ्गीत रहेको छ भने मनोहर सुनाम र मिराज श्रेष्ठको सङ्गीत संयोजन रहेको छ। कर्ण दास, बानिका प्रधान, स्वरुपराज आचार्य, लाबोनी चक्रवर्ती र सुमित खड्काले स्वर दिएका छन् 

कार्यक्रममा एल्बम ‘धार बदलिएको जिन्दगी’मा समावेश भएको ‘म मरेको खबर, गीतको म्यूजिक भिडियो समेत प्रदर्शन गरियो । कल्याण श्रेष्ठ म्युजिक नामक युट्युब च्यानलमा उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । ‘म मरेको खबर’ म्युजिक भिडिओमा राजेश हमाल र पूजा गिरीको अभिनय रहेको छ। 

साथमा चार गीतहरुको लाईभ प्रस्तुत गरिएको थियो। गायक सुमित खड्काले दुईवटा देशभक्तिपूर्ण गीत प्रस्तुत गरे। गायिका बानिका प्रधानले गीत गाएर सबैलाई आकर्षित गरेकी थिइन्।

यसैगरी अर्को लोकार्पित गीतसङ्ग्रह ‘जिन्दगी जति हिँड्यो उति टाढा’ मा विविध भावका ८७ वटा गीत छन्। गीतसङ्ग्रहको मूल्य दुई सय रुपैयाँ रहेको छ । यो पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो। 

कृतीबारे जानकारी दिँदै गीतकार श्रेष्ठले एकैसाथ दुवै कृति लोकार्पण गर्न पाउँदा खुुसी महसुस भएको बताए । कवि एवम् गीतकार श्रेष्ठले यसअघि ‘जिन्दगीका तरेली’ र ‘नबुझिएको जिन्दगी’ गीति एल्बम सार्वजनिक गरिसकेका छन्। 

प्रकाशित मिति: १८:०८ बजे, मंगलबार, वैशाख २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्