राहत शिक्षकद्वारा बानेश्वरमा प्रदर्शन
काठमाडौं, फागुन २१ : आन्दोलनरत राहत शिक्षकले आज पनि प्रदर्शन गरेका छन् । मंगलबार उनीहरूले बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
यस अघि उनीहरूसँग ....

काठमाडौं, फागुन २१ : आन्दोलनरत राहत शिक्षकले आज पनि प्रदर्शन गरेका छन् । मंगलबार उनीहरूले बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
यस अघि उनीहरूसँग गरिएको सहमति कार्यान्वयन गर्न माग गरेका छन् । लामो समयदेखि कार्यरत रातह शिक्षकलाई प्रक्रिया मिलाएर स्थायी गर्नु पर्ने उनीहरूको माग छ ।
उनीहरूले सोमबार पनि प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले धरपकड गरेको थियो ।
त्यसको विरुद्धमा आज देशभरका सामुदायिक विद्यालय ठप्प पारेका छन् । माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने राहत शिक्षक संघर्ष समितिले जनाएको छ ।
प्रकाशित मिति: १५:४७ बजे, मंगलबार, फागुन २१, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार