Kathmandu Press

पाकिस्तान र भारतबीच तनाव बढ्दै, कश्मीरका बासिन्दा त्रसित

दुई दक्षिण एसियाली छिमेकीबीच विवादित क्षेत्र कश्मीरलाई विभाजन गर्ने सीमा, नियन्त्रण रेखा नजिकका समुदायहरू सम्भावित द्वन्द्वका कारण त्रशित भएका छन्।
पाकिस्तान र भारतबीच तनाव बढ्दै, कश्मीरका बासिन्दा त्रसित

नयाँ दिल्ली, वैशाख २३ : पाकिस्तान र भारतबीच तनाव बढ्दै गएपछि द्वन्द्व हुने डरले कश्मीरका बासिन्दाहरू खाद्यान्न र अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न थालेका छन्।

अप्रिलको अन्त्यतिरबाट दुई देशबीचको गतिरोध बढ्दै गएको हो। पाकिस्तानले सोमबार तीन दिनमा दोस्रो क्षेप्यास्त्र परीक्षण गरेको र भारतले धेरै राज्यहरूलाई सुरक्षा अभ्यास गर्न आदेश दिएको खबर बाहिरिएपछि दुई देशबीच तनाव बढेको हो।

दुई दक्षिण एसियाली छिमेकीबीच विवादित क्षेत्र कश्मीरलाई विभाजन गर्ने सीमा, नियन्त्रण रेखा नजिकका समुदायहरू सम्भावित द्वन्द्वका कारण त्रशित भएका छन्।

सैन्य गतिविधि बढ्दै गएपछि आजाद कश्मीरका मानिसहरूले खाद्यान्न र आवश्यक वस्तुहरूको भण्डारण गर्न थालेका हुन्। स्थानीय सरकारले सबैभन्दा जोखिममा रहेका गाउँहरूमा आपूर्ति व्यवस्थापनमा काम गरिरहेको छ।

‘हामीले ठूलो मात्रामा गहुँ, दाल, चिनी, चामल र तेल भण्डार गरेका छौं,’ स्थानीय शाहिद अलीले भने। 

कश्मीरमा दुर्गम र हिउँले घेरिएका क्षेत्रहरूमा जाडोको लागि पीठो भण्डारण गर्ने गरिन्छ। तर सीमापार तनाव बढ्ने खतरा बढ्दै जाँदा, पाकिस्तानी सरकारले अब पहुँचयोग्य क्षेत्रहरूमा पनि भण्डारण विस्तार गर्दैछ, आपूर्ति केन्द्रहरूलाई स्थानान्तरण गर्ने तयारी गरेको छ।

भारत नियन्त्रित कश्मीरको पहलगाम शहर नजिकैको प्रमुख पर्यटकीय स्थलमा अप्रिल २२ मा भएको आक्रमणबारे भारतले पाकिस्तानलाई दोष लगाउने गरेको छ। 

जसमा २६ जना सर्वसाधारणको मृत्यु भएको थियो। तर भारतीय पक्षको आरोपलाई पाकिस्तानले दृढतापूर्वक अस्वीकार गरिरहेको छ। 
 

प्रकाशित मिति: १५:१४ बजे, मंगलबार, वैशाख २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्