Kathmandu Press

कांग्रेस सांसद थापाले औल्याए नीति कार्यक्रमलाई प्रभाव पार्ने कारणहरु 

उनले नीति तथा कार्यक्रमलाई राजनीतिक अस्थीरता, कमजोर संस्थागत क्षमता, भौगोलिक जटिलता, कर्मचारीतन्त्र, सामाजिक र सांस्कृतीक प्रभाव, तीन तह सरकारको समन्वयको अभाव र बढ्दो भष्टाचार जस्ता कारणले देशको नीति तथा कार्यक्रमलाई प्रभाव पार्ने गरेको उल्लेख गरे ।
कांग्रेस सांसद थापाले औल्याए नीति कार्यक्रमलाई प्रभाव पार्ने कारणहरु 

काठमाडौं, वैशाख २३ : नेपाली कांग्रेसका सांसद राजु थापाले नीति तथा कार्यक्रम सरलीकृत भाषामा सकारात्मक आएको बताएका छन् । 

आर्थिक बर्ष २०८२।०८३ को नीति तथा कार्यक्रममाथीको छलफलमा भाग लिदैं सांसद थापाले सबै क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम आएको र अब यसलाई लागु गराउने जिम्मेवारी संसदका सबै राजनीतिक दलको रहेको बताए । उनले भने, ‘बिशेष गरी शिक्षा, रोजगारीलाई महत्व दिएको छ, नीति तथा कार्यक्रमले देशलाई बिकासको बाटोमा अगाडी बढाउन लागु गराउनुपर्छ ।’ 

Hardik ivf

विगतका नीति तथा कार्यक्रमलाई सफल बनाउन नसकिएकोप्रति संकेत गर्दै थापाले सत्तापक्ष र विपक्षी दलहरु मिलेर नीति तथा कार्यक्रमलाई लागु गराउनुपर्नेमा जोड दिए । उनले नीति तथा कार्यक्रमलाई राजनीतिक अस्थीरता, कमजोर संस्थागत क्षमता, भौगोलिक जटिलता, कर्मचारीतन्त्र, सामाजिक र सांस्कृतीक प्रभाव, तीन तह सरकारको समन्वयको अभाव र बढ्दो भष्टाचार जस्ता कारणले देशको नीति तथा कार्यक्रमलाई प्रभाव पार्ने गरेको उल्लेख गरे । यी र यस्ता चुनौतीलाई चिर्दै सत्तापक्ष र प्रतिपक्षल मिलेर संकल्प गरियो, भने नीति तथा कार्यक्रमलाई सफल बनाउन सकिने सांसद थापाको भनाइ थियो । 

युवालाई विदेशीन रोक्नका लागि र रोजगारीसँग जोड्नका लागि नीति तथा कार्यक्रमले रोजगारी दशकको परिकल्पना गरेकोले २०३० सम्म धेरै युवालाई रोजगारी दिन सकिने सांसद थापाले बताए । 

प्रकाशित मिति: ०८:१८ बजे, मंगलबार, वैशाख २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्