Kathmandu Press

अदिलको प्रतिबन्ध फुकुवा

स्पट फिक्सिङको आरोप लागेपछि प्रतिबन्धमा परेका आलमको प्रतिबन्ध २८ महिनापछि फुकुवा भएको हो।
अदिलको प्रतिबन्ध फुकुवा

काठमाडाैं, वैशाख २२ : नेपाली राष्ट्रिय क्रिेकटर मोहम्मद अदिल आलममको प्रतिबन्ध फुकुवा भएको छ। 

स्पट फिक्सिङको आरोप लागेपछि प्रतिबन्धमा परेका आलमको प्रतिबन्ध २८ महिनापछि फुकुवा भएको हो। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै उनको प्रतिबन्द्ध फुकुवा भको जनाएको छ। 

Hardik ivf

१७ वर्षकै उमेरमा राष्ट्रिय टिममा स्थान बनाएका उनी नेपाली टिमका महत्वपूर्ण खेलाडी थिए। २०७९ पुसमा आयोजना भएको नेपाल टि–२० लिगका क्रममा उनी स्पट फिक्सिङमा मुछिएका थिए। 

उनीसहिन पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलमलाई नियन्त्रणमा लिएर सिआईबीले अनुसन्धान गरेको छ। सोहीको चैतमा उनीहरू दुवैलाई  काठमाडौं जिल्ला अदालतले चैत १३ गते सफाई दिएको थियो। 

आरोपबाट सफाई पाएपनि क्यानले तत्काल उनको प्रतिबन्ध फुकुवा गर्न आईसिसीमा पहल नगर्दा लामो उनले नेपालमा क्रिकेट खेल्न पाएका थिएनन्। प्रतिबन्धमा रहेका बेला उनी भारतको बिहारमा गएर क्रिकेट खेलिरहेका थिए। उनले त्यहाँका स्थानीय प्रतियोगिताहरु खेलेका थिए।

अदिलको प्रतिबन्ध आइतबारबाटै फुकुवा भएको छ। अब उनलाई नेपाली राष्ट्रिय क्रिकेट टिममा फर्कने बाटो खुलेको छ। 

प्रकाशित मिति: १७:२५ बजे, सोमबार, वैशाख २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्