महिला विश्वपकपको एसिया छनोटमा नेपालको पहिलो खेल हङकङसँग
छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्ने छ। यो खेल मे ९ मा हुनेछ । यस्तै नेपालले १० मेमा बहराइन, १३ मेमा हङकङ र १५ मेमा बहराइनसँग खेल्ने छ।
काठमाडाैं, वैशाख २२ : आईसीसी महिला टी–२० विश्वकपको एसिया छनोटको तालिका सर्वाजनिक भएको छ।
सार्वजनिक तालिका अनुसार नेपाल समूह सीमा परेको छ। यो समूहमा नेपालसँगै हङकङ र बहराइ छन्।
छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्ने छ। यो खेल मे ९ मा हुनेछ । यस्तै नेपालले १० मेमा बहराइन, १३ मेमा हङकङ र १५ मेमा बहराइनसँग खेल्ने छ।
प्रतियोगिता ९ मेदेखि २० मेसम्म थाइल्यान्डमा हुनेछ। प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई छन्।
सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ। शीर्ष तीन टिम फाइनल चरणमा प्रवेश गर्ने छन्।
प्रकाशित मिति: १७:१० बजे, सोमबार, वैशाख २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार