Kathmandu Press

नेपाली भाषामा बोल्ने विद्यार्थीलाई दण्डित नगर्न काठमाडौं महानगरको पत्र 

विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने गरिएको भन्दै गुनासो र उजुरी आएपछि परिपत्र गरिएको छ। 
नेपाली भाषामा बोल्ने विद्यार्थीलाई दण्डित नगर्न काठमाडौं महानगरको पत्र 

काठमाडौं, वैशाख २२ : काठमाडौं महानगरपालिकाले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गर्ने विद्यार्थीहरूलाई दण्डित नगर्न विद्यालयहरुलाई परिपत्र गरेको छ।

महानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सोमबार पत्राचार गरेको हो। महानगरको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्र पठाएको छ। 

पत्रमा नेपाली भाषा बोलेकै आधारमा विद्यार्थीलाई दण्डित गर्न वा जरिवाना गर्न तत्काल बन्द गर्न निर्देशन दिइएको छ। 

विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने गरिएको भन्दै गुनासो र उजुरी आएपछि परिपत्र गरिएको छ। 

शिक्षा विभागको पत्रमा भनिएको छ, ‘यदि कुनै विद्यालयले शिक्षणको माध्यम अंग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अंग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भागामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ ।’ 

प्रकाशित मिति: १६:२० बजे, सोमबार, वैशाख २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्