Kathmandu Press

एनआरएनए बद्री केसी टोली र प्रधानमन्त्रीबीच भेटघाट

भेटमा प्रधानमन्त्री ओलीले एनआरएनएलाई गैर–राजनीतिक बनाई संसारभरका गैरआवासीय नेपालीलाई एकजुट बनाउन आफू सदैव प्रतिबद्ध रहेको बताए।
एनआरएनए बद्री केसी टोली र प्रधानमन्त्रीबीच भेटघाट

काठमाडौं, वैशाख २२ : प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई एकजुट बनाउनका लागि आफू सदैव प्रतिवद्ध रहेको बताएका छन्।

एनआरएनएका अध्यक्ष बद्री केसी सहितका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले एनआरएनएलाई गैर–राजनीतिक बनाई संसारभरका गैरआवासीय नेपालीलाई एकजुट बनाउन आफू सदैव प्रतिबद्ध रहेको बताए।

Hardik ivf

भेटमा प्रधानमन्त्री ओलीले ११औं महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको बताएको उल्लेख गर्दै भने, ‘म आफैँ कतिपटक तपाईहरुको कार्यक्रममा सहभागी भएँ त्यसको मतलव नै तपाईहरु आधिकारिक हो। अब दसौं महाधिवेशनमा विवाद भएको हो, त्यो विवादबारेको फैसला ११औं महाधिवेशन भइसकेको थियो। पछिल्लो फैसलाले समेत ११औं महाधिवेशनलाई मान्यता दिइसकेको छ, अरू महाधिवेशन भयो भएनले अर्थ राख्दैन।’

प्रधानमन्त्री ओलीले हरेक दुई वर्षको अक्टोबरमा हुने एनआरएनए महाधिवेशन नै आधिकारिक हुने भन्दै  त्यसतर्फ तयारी गर्न आग्रह गरे। 

आइतबार मात्र शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले काठमाडौँमा महाधिवेशन गर्दै महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको थियो।

सर्वोच्च अदालतको परमादेश अनुसार गठित समितिले आयोजना गरेको एकता महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए।
 

प्रकाशित मिति: १६:१२ बजे, सोमबार, वैशाख २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्