कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु
लन्डन, वैशाख २३ : कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप एक जनाको मृत्यु भएको छ। सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको हो।
उनलाई ....

लन्डन, वैशाख २३ : कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप एक जनाको मृत्यु भएको छ। सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको हो।
उनलाई गत हप्तादेखि रुघाखोकी लागेपछि ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो। केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेको थियो। सोमबार उपचारका क्रममै मृत्यु भएको गोरखा प्यालेस रेस्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले बताए।
पर्वतको चारभञ्याङमा जन्मिएका गुरुङ स्कुल पढ्दै गर्दा गोरखा सैनिकमा भर्ना भएका थिए। गोरखा सैनिकको जागिर छोडेर नेपाल फर्केका उले केही वर्ष शिक्षण पनि गरेका थिए।
त्यसपछि फेरि बेलायत आएका उनी समाजसेवीका रुपमा चिनिएका थिए। उनकी श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटनमै बस्दै आएका छन्।
उनीसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३५ पुगेको छ। (रासस)











