तनहुँमा ९६ युनिट रगत सङ्कलन, डायलाइसिसका बिरामीलाई एक हजार दिईने
काठमाडौं, वैशाख २३ : लकडाउनसँंगै जिल्लाम रगत अभाव भएपछि तनहुँमा रक्तदान तीव्र पारिएको छ ।
अस्पतालमा रगत अभावपछि एक हप्ताका अवधिमा विभिन्न सं....
काठमाडौं, वैशाख २३ : लकडाउनसँंगै जिल्लाम रगत अभाव भएपछि तनहुँमा रक्तदान तीव्र पारिएको छ ।
अस्पतालमा रगत अभावपछि एक हप्ताका अवधिमा विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम गरी ९६ युनिट संकलन गरेका छन् । सिद्धार्थ सहकारी संस्था दुलेगौँडाले ३६, प्रोगेसिभ इञ्जिनियर एशोसियशन अफ नेपाल (पिन) ले ३० र जेसिआई व्यासनगरले ३० युनिट गरी रक्तदानमार्फत ९६ युनिट ब्लड संकलन गरेका हुन् ।
सिद्धार्थ सहकारी संस्था दुलेगौँडाले संस्थाको छैटौँ स्थापना दिवसका अवसरमा सोमबार रक्तदान कार्यक्रम गरेको सहकारीका प्रबन्धक जोसेफ देवकोटाले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सहकारीका शेयर सदस्यले रक्तदान गरेका हुन् ।
डायलाइसिसका बिरामीलाई एक हजार
शुक्लागण्डकी नगर कार्यपालिकाले नगरपालिकाका मिर्गौला डायलाइसिसका नौ बिरामीलाई डायलाइसिसका दिन प्रतिव्यक्ति एक हजार प्रदान गर्ने भएको छ । नगरपालिकाको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
दमौली अस्पतालमा विसं २०७२ मंसिर २ गतेदेखि शुरुआत गरिएको डायलाइसिस केन्द्रबाट दैनिक ४१ पुरुष र २७ महिला गरी ६८ बिरामीलाई डायलाइसिस सेवा दिइँदै आएको शत्रुध्न मञ्जु डायलाइसिस केन्द्र दमौली शाखाका प्रमुख प्रेमसिं गुरुङले जानकारी दिए । नगरपालिकाभित्र रहेका त्यस्ता बिरामीलाई लकडाउन अबधिभर डायलाइसिस गर्न जाँदा लाग्ने यातायात खर्चबापत रु एक हजारको दरले उपलब्ध गराउने निर्णय भएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए ।
त्यस्तै वडागत रुपमा छुट एक हजार २९९ परिवारलाई पनि राहत उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेश सरकारको मापदण्डका आधारमा नगरस्तरीय र वडास्तरीय योजना सञ्चालनका लागि आवश्यक निर्माण सामग्री उपलब्ध गराइने भएको छ । (रासस)