भारतमा वढ्यो कोरोना संक्रमण, संक्रमितको संख्या ४६ हजार नाघ्यो
काठमाडौँ, वैशाख २३ : छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा भारतमा १७५ जना संक्रमितको ज्यान गएको छ।
<....
काठमाडौँ, वैशाख २३ : छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा भारतमा १७५ जना संक्रमितको ज्यान गएको छ।
यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५६६ पुगेको छ । यस्तै मंगलबार मात्रै भारतमा ३ हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४३७ पुगेको छ। मंगलबार भारतमा भेटिएका संक्रमित र कोरोनाबाट ज्यान जानेको संख्या अहिलेसम्मकै धेरै हो ।
भारतमा हालसम्म ११ लाख ७ हजार २३३ को कोरोना परीक्षण गरिएको फेला परेका संक्रमितमध्ये १२ हजार ८४७ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।
प्रकाशित मिति: ०७:२८ बजे, मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











