Kathmandu Press

कान्तिलोकपथ सडक सञ्चालन

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने वाग्मती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले बढाएपछि सडक अवरुद्ध थियो। 
कान्तिलोकपथ सडक सञ्चालन
फाइल तस्बिर।

बागमती, वैशाख २१ : हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आज दिउँसोदेखि यातायात सञ्चालन भएको छ। 

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने वाग्मती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले बढाएपछि सडक अवरुद्ध थियो। 

Hardik ivf

सडक मर्मतसम्भार गरेपछि आज दिउँसो १ बजेदेखि सो सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

सो सडकमा केही दिनदेखि स्तरोन्नतिको काम भइरहेको छ। 

प्रकाशित मिति: १६:३० बजे, आइतबार, वैशाख २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्