Kathmandu Press

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतका भेट

भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो। 
प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतका भेट

काठमाडौं, वैशाख २१ : प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो। 

Hardik ivf

आगामी वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको थियो। 

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।
 

प्रकाशित मिति: १६:२० बजे, आइतबार, वैशाख २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्