एनआरएन अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित
-(1)-1746352389.jpg)
काठमाडौं, वैशाख २१ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
एनआरएनएको एकता महाधिवेशनले अध्यक्षमा श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षनिर्वाचित गरेको हाे। नवनिर्वाचित अध्यक्ष श्रेष्ठ गत महाधिवेशनमा पराजित उम्मेदवार हुन्।
श्रेष्ठसँगै उपाध्यक्षमा सुनिलकुमार साह, बुद्धि सागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ र विश्वासदीप लिम्बु, महिला उपाध्यक्षमा जुनु गुरुङ र महासचिवमा बाबुराम (बीआर) लामा, सचिवमा चिन्तामणि सापकोटा, टंकप्रसाद गैरे र तिलकप्रसाद गैरे र महिला सचिवमा देवकी खत्री गुरुङ चयन भएका छन्।
कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना, सहकोषाध्यक्ष कृष्णप्रसाद पोखरेल र महिला संयोजक रश्मि थापा, युवा संयोजक भीमसेन थापा, एसिया प्रशान्त क्षेत्रीय संयोजक डा.बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजक प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ, उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजकमा डिलुराम पराजुली, ओसेनिया क्षेत्रीय संयोजक इर्सद अहमद चयन भएका छन्।
एसिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा माधव पोखरेल र मीमबहादुर पुर्जा, मध्यपूर्व क्षेत्रीय उपसंयोजक सुनीलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई, उत्तर–दक्षिण अमेरिका क्षेत्रीय उपसंयोजकमा विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री, ओसिनिया क्षेत्रीय उपसंयोजकमा रामप्रसाद कँडेल र प्रताप राना चयन भएका छन्।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)