विश्व एकजुट भएमा कोरोनाविरुद्धको लडाइँ जितिन्छ : प्रधानमन्त्री
काठमाडौं, वैशाख २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व एकजुट भएमा कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएका छन् ।
सिंहदरबारस्थित एक्सन कक्....

काठमाडौं, वैशाख २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व एकजुट भएमा कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएका छन् ।
सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भाइरसलाई पराजित गर्नुबाहेक अरू कुनै विकल्प नभएको बताए ।
उनले यस संकटको घडीमा असंलग्न राष्ट्रहरु एकताबद्ध हुनुर्ने र कोभिड–१९ लाई पराजित गर्न तथा शान्ति, स्थायित्व र समृद्धिको साझा आकांक्षा प्राप्तिमा सहयोग पुर्याउन बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई समर्थन गर्नुपर्नेमा जोड दिए। विश्व सामान्यावस्थामा फर्किने विषय सुनिश्चित गर्न असंलग्न्न राष्ट्रहरुले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्दै उनले विश्वव्यापी एकतालाई सुढृढ गर्न अनुभवको साटासाट एवं प्रविधि, औषधिजन्य सामग्री तथा उपकरणको आदानप्रदानको माध्यमबाट दक्षिण दक्षिण सहयोगलाई अभिवृद्धि गर्न आग्रह गरे।
उनले संयुक्त राष्ट्र सङ्घका महासचिवद्वारा विश्वव्यापी युद्धविरामका लागि गरिएको अनुरोधलाई नेपाल समर्थन गर्ने पनि स्पष्ट पनि पारे। उक्त अवसरमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका मुख्य मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालसहित उच्चपदस्थ अधिकारी सहभागी भएका थिए।
नाम विश्वका कुनै पनि शक्ति पक्षसँग संलग्न नभएका १२० मुलुकको साझा मञ्च हो। संयुक्त राष्ट्र सङ्घपछि विश्वमा यो दोस्रो ठूलो राष्ट्रहरुको मञ्च मानिन्छ। यसको स्थापना सन् १९६१ मा भएको थियो।











