Kathmandu Press

ललितपुरमा एक करोड २६ लाखमा बन्यो अत्याधुनिक सार्वजनिक शौचालय

आधुनिक प्रविधिको अपाङगतामैत्री शौचालयमा पुरुषको लागि ६ वटा युरेनलसहितको तीनवटा शौचालय, महिलाको लागि ६ वटा शौचालय, एकवटा अपाङगतामैत्री शौचालय,  एउटा स्तनपान कक्ष राखिएको छ। 
ललितपुरमा एक करोड २६ लाखमा बन्यो अत्याधुनिक सार्वजनिक शौचालय

काठमाडौं, वैशाख २१ : ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय संचालनमा आएको छ।

आइतबार आधुनिक प्रविधिको अपाङ्गतामैत्री शौचालय ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनद्वारा समुद्घाटन गरिएको हो।

Hardik ivf

उक्त समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख चिरिबाबु महर्जनले यो शौचालयलाई सफा र राम्रोसँग प्रयोग गर्नुपर्ने बताए । उनले स्मार्ट ट्वाइलेट बनाउने अभियान अन्तरगत नै ललितपुर महानगरपालिकाले यो अपाङ्गमैत्री शौचालय बनाएको बताए।

‘धेरै प्रतिक्षापछि अत्याधुनिक पर्यटनमैत्री र अपाङ्गमैत्री शौचालयको निर्माण हुन गयो। यो शौचालयलाई कसैले पनि जतिसुकै लामो श्वास ताने पनि नगनाउने शौचालयलाई प्रयोग गर्नुपर्छ । यसको लागि महानगरपालिका सहकार्य गर्न तयार छ । महानगरले स्मार्ट ट्वाइलेट बनाउने अभियान सुरु गर्यो,’ उनले भने,  ‘सो अभियान अन्र्तगत धेरैवटा शौचालय बनाएका छौं। सो मध्ये टेक्नोलोजीको रुपमा शौचालयमै नुहाउने कक्षसहित धेरै शौचालय बनायौं तर यो शौचालयलाई आधुनिक प्रविधिको अपाङ्गतामैत्री शौचालय भनेका छौं।’

साथै उनले  विधि र प्रक्रिया पुरा गर्दा गर्दै शौचालय निर्माणका लागि केही समय लागेपनि शौचालय निर्माणको काम सम्पन्न भएको बताए। पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई शौचालय खोज्न भौतारिनु नपर्ने उनले बताए। 

आधुनिक प्रविधिको अपाङगतामैत्री शौचालयमा पुरुषको लागि ६ वटा युरेनलसहितको तीनवटा शौचालय, महिलाको लागि ६ वटा शौचालय, एकवटा अपाङगतामैत्री शौचालय,  एउटा स्तनपान कक्ष राखिएको छ। 

अत्याधुनिक स्यानिटी सामग्री समेत रहेको छ । संस्कृति पर्यटन मन्त्रालयका सचिव बिनोद प्रकाश सिंह आन्तरिक र बाह्य पर्यटकलाई शौचालय निर्माणले सहज बनाएको बताउँदै पुरातात्विक मौलिकतालाई प्राथमिकतामा राख्नु महत्वपूर्ण भएको बताए। 

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, वैशाख २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्