Kathmandu Press

कार र मोटरसाइकल ठोक्किदा बाबुछोरीको मृत्यु

मृत्यु हुनेमा गरूडा नगरपालिका–२,गेडही गुठ्ठी निवासी ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उनकी छोरी उर्मिला देवी रहेका छन्। 
कार र मोटरसाइकल ठोक्किदा बाबुछोरीको मृत्यु

रौतहट, वैशाख २१ : रौतहटको चन्द्रपुरमा कार र मोटरसाइकल एकआपस ठोक्किदा बाबुछोरी गरि दुई जनाको मृत्यु भएको छ। 

आइतबार बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पश्चिम लच्का नजिकमा कार र मोटरसाइकल एकआपस ठोक्किदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

Hardik ivf

मृत्यु हुनेमा गरूडा नगरपालिका–२,गेडही गुठ्ठी निवासी ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उनकी छोरी उर्मिला देवी रहेका छन्। 

चन्द्रपुर नगरपालिका ४ स्थित सो सडकखण्डमा हेटौडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले बताए। 

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको उनले बताए। बुवा बलिराम सहनीको चन्द्रपुरस्थित हाइवे ट्रमा सेन्टर र छोरी उर्मिलाको एलएस न्यूरो हस्पिटल बारामा मृत्युु भएको डिएसपी राईले पुष्टि गरेका छन्। 

उनका अनुसार सवारी साधन र कार चालक जिल्ला मकवानपुर हेटौडा उपमहिनगरपालिका–१२ बस्ने ४३ वर्षीय कुमार पोखरेललाई नियन्त्रणमा लिइएको छ। यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भै रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
 

प्रकाशित मिति: १३:३९ बजे, आइतबार, वैशाख २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्