Kathmandu Press

राष्ट्रिय सभा बैठक आज बस्दै

संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन् । 
राष्ट्रिय सभा बैठक आज बस्दै

काठमाडौ, वैशाख २१ : सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्ने भएको छ । संसद् भवन बानेश्वरमा अपराह्न १२ः १५ बजे बैठक सुरु हुनेछ । 

संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन् । 

Hardik ivf

त्यस्तै राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० र भन्सार विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबुल गर्नेछन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति: ०८:०६ बजे, आइतबार, वैशाख २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्