Kathmandu Press

समिममिया अन्सारीको अनुमोदन भएन

काठमाडौं, फागुन २१ : संवैधानिक परिषद्ले राष्ट्रिय मुस्लिम आयोगको अध्यक्षका लागि सिफारिस गरेका समिममिया अन्सारीलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको....

समिममिया अन्सारीको अनुमोदन भएन

काठमाडौं, फागुन २१ : संवैधानिक परिषद्ले राष्ट्रिय मुस्लिम आयोगको अध्यक्षका लागि सिफारिस गरेका समिममिया अन्सारीलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छैन् । अन्य चार आयोगका अध्यक्षलाई भने मंगलबार अनुमोदन गरेको छ ।

नेकपाको केन्द्रीय सदस्य समेत रहेका अन्सारीलाई मुस्लिम आयोगको अध्यक्षका लागि सिफारिस गरिएको थियो । उनी त्यसका लागि अयोग्य रहेको पाइएको थियो । तथापि, नेकपाले उनलाई संसदीय सुनुवाइबाट अनुमोदन गर्न प्रयास गरेको थियो ।

मंगलबारको संसदीय सुनुवाइ समितिको बैठकले उनलाई अनुमोदन नगर्ने तय गरेको हो । उनका प्रमाणपत्र झिकाउने निर्णय गरिएको संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले बताए । उनको उमेरका विषयमा विवाद भएको थियो । समितिले त्यससम्बन्धी प्रमाणपत्र झिएकार हेर्ने भएको छ ।

उनीसँगै सिफारिस भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पूर्वसचिव बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अधयक्षमा पूर्वसचिव शान्तराज सुवेदी, मधेशी आयोगको अध्यक्षमा डा.विजयकुमार दत्त र थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी अनुमोदन भएका हुन् ।

याे पनि पढ्नुहाेस् :
मुस्लिम आयोगको अध्यक्षमा सिफारिश समिममिया ‘अयोग्य’ 

 

प्रकाशित मिति: १५:३४ बजे, मंगलबार, फागुन २१, २०७५