Kathmandu Press

प्रविधिको विकासमा कोशी सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

‘कोशीको यो पहिलो आईटी सम्मेलनले हामीलाई थप ऊर्जा दिएको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘यसै वर्षदेखि सरकारले सूचना प्रविधिमा लगानी बढाएको छ र आगामी आर्थिक वर्षबाट योजनाबद्ध रूपमा अगाडि बढ्ने तयारीमा छ।’
प्रविधिको विकासमा कोशी सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

मोरङ, वैशाख २० : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचना प्रविधिको विकासका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। 

कोशी प्रदेशको पहिलो सूचना प्रविधि (आईटी) समीटको उद्घाटन गर्दै उनले प्रदेशको विकासमा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए। उनले युवाहरूको सुझावको आधारमा आईटी नीति निर्माण गर्ने धारणा राखे।

‘कोशीको यो पहिलो आईटी सम्मेलनले हामीलाई थप ऊर्जा दिएको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘यसै वर्षदेखि सरकारले सूचना प्रविधिमा लगानी बढाएको छ र आगामी आर्थिक वर्षबाट योजनाबद्ध रूपमा अगाडि बढ्ने तयारीमा छ।’

सम्मेलनमा कोशी प्रदेशमा सूचना प्रविधिका सम्भावना र अवसरहरूबारे प्रस्तुत गर्दै वक्ताहरूले कोशीलाई काठमाडौं पछिको आईटी गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका थिए। 

प्रविधि अध्ययन गरिरहेका दिपेश पोखरेलले स्थानीय जनशक्तिलाई प्रदेशमै अवसर दिनुपर्ने आवश्यकता औँल्याउँदै सरकारलाई योजनाबद्ध रूपमा अघि बढ्न सुझाव दिए।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश युवा उद्यमी मञ्चका अध्यक्ष मुनान रिजालले कोशीलाई डिजिटल केन्द्रको रूपमा विकास गर्दै स्टार्टअपहरूलाई आवश्यक सहयोग पु¥याउने र प्रविधिमा आधारित नीति निर्माण गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिए।

समिटमा प्रविधिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले सहभागिता जनाएका छन्। उनीहरूले प्रविधिमा कोडिङ मात्र नभई विविध क्षेत्रमा सम्भावना रहेको बताउँदै सिकाइ, सृजनशीलता र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १५:२४ बजे, शनिबार, वैशाख २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्