नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल
सभाको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरे।
काठमाडौं, वैशाख १९ : प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ।
सभाको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरे।
बैठकले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ।
सभामुख देवराज घिमिरेले राखेको धन्यवाद प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो।
प्रकाशित मिति: १७:५९ बजे, शुक्रबार, वैशाख १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार