Kathmandu Press

त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको बनाइने

‘रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी तहको सहकार्यमा गरिने व्यवस्था मिलाइनेछ। त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकट मैदानमा रुपान्तरण गरिने छ,’ उनले भने।
त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको बनाइने

काठमाडौं, वैशाख १९ : सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने भएको छ। 

शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रुपान्तरण गरिने बताएका हुन्।

‘रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी तहको सहकार्यमा गरिने व्यवस्था मिलाइनेछ। त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकट मैदानमा रुपान्तरण गरिने छ,’ उनले भने।
 
साथै उनले खेलकुद पूर्वाधारको विकासमा तीन तहको सरकार तथा निजी क्षेत्रलाई पनि संलग्न गराउने बताए। 

खेलकुद क्षेत्रलाई निजी क्षेत्रको सामाजिक उत्तरदायित्वसँग जोडेर कार्यक्रम बनाइने उनले बताए।
 
प्रकाशित मिति: १६:३४ बजे, शुक्रबार, वैशाख १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्