Kathmandu Press

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन नीति तथा कानुन संशोधन गरिने

उनले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन नीति, कानुन र कार्यविधि संशोधन तथा तर्जुमा गरिने बताए।
वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन नीति तथा कानुन संशोधन गरिने

काठमाडौं, वैशाख १९ : सरकारले देशभित्रै उद्यमशीलता प्रवद्र्धन गरी युवा रोजगारी सृजना गर्ने भएको छ। 

शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशभित्रै रोजगारीको वातावरण बनाइ युवाशक्ति पलायन हुनबाट बचाउने सरकारको नीति रहेको बताएका हुन्।

Hardik ivf

‘देशभित्रै उद्यमशीलता प्रवद्र्धन गरी युवा रोजगारी सृजना गर्ने तयारीमा सरकार छ। देशभित्रै रोजगारीको वातावरण बनाइ युवाशक्ति पलायन हुनबाट बचाउने सरकारको नीति छ,’ उनले भने, ‘आगामी दशकलाई आन्तरिक रोजगारीका रुपमा मनाउने छौं। रोजगारी तथा ज्याला रोजगारीको माध्यमबाट आन्तरिक रोजगारीको सृजना गर्ने सरकारको नीति छ।’

उनले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन नीति, कानुन र कार्यविधि संशोधन तथा तर्जुमा गरिने बताए।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रमबजारका मागअनुसार सीपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यवसायी प्रशिक्षण प्रतिष्ठानको भूमिका विस्तार गरिने समेत बताए। 
 
प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, वैशाख १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्