Kathmandu Press

दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा बिहानदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर, वैशाख १९ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ। 

वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा बिहानदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

Hardik ivf

कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीमा बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएका छन् । 

यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ। अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालन हुन समय लाग्ने बताइएको छ। 

प्रकाशित मिति: १३:४७ बजे, शुक्रबार, वैशाख १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्