Kathmandu Press

फोहोर बोकेका काठमाडौं महानगरका गाडी स्थानीयले रोके

फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गाएका महानगरका करिब २ सय गाडी नुवाकोटका स्थानीय ककनी गाउँपालिका–१मा रोकेका हुन्।
फोहोर बोकेका काठमाडौं महानगरका गाडी स्थानीयले रोके
फाइल तस्बिर।

काठमाडौं, वैशाख १९ : फोहोर बोकेका काठमाडौं महानगरपालिकाको गाडी नुवाकोटका स्थानीय ककनीमा रोकेका छन्। 

फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गाएका महानगरका करिब २ सय गाडी नुवाकोटका स्थानीय ककनी गाउँपालिका–१मा रोकेका हुन्।

स्थानीयले सडकमा ढुंगामुढा राखेर फोहोर बोकेका गाडी रोकेका छन्। 

नुवाकोटका स्थानीयले तरकारी बेच्न बालाजु ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको विरोधमा उनीहरुले महानगरको फोहोरो बेकेका गाडी रोकेका हुन्।

अहिले बालाजु प्रहरी चौकीमा दुवै पक्षबीच वार्ता भइरहेको छ। 

प्रकाशित मिति: १३:१९ बजे, शुक्रबार, वैशाख १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्