Kathmandu Press

मन्त्रिपरिषद् बैठक स्थगित

शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो। 
मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं, वैशाख १९ : आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो। 

Hardik ivf

बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन। बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो।

सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो ३ बजे बस्ने संघीय संसद्को बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्दैछन्। 
 
प्रकाशित मिति: ११:०६ बजे, शुक्रबार, वैशाख १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्