Kathmandu Press

राजस्थानलाई हराउँदै मुम्बई आईपिएलको शीर्ष स्थानमा

बिहीबार राति जयपुरमा भएको खेलमा राजस्थान रोयल्समाथि १ सय रनको फराकिलो अन्तरले हराउँदै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। 
राजस्थानलाई हराउँदै मुम्बई आईपिएलको शीर्ष स्थानमा

काठमाडाैं, वैशाख १९ : मुम्बई इन्डियन्स आईपिएलको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार राति जयपुरमा भएको खेलमा राजस्थान रोयल्समाथि १ सय रनको फराकिलो अन्तरले हराउँदै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। 

आईपिएलमा मुम्बईको यो लगातार छैठौं जित हो। यो जितसँगै मुम्बई रोयल च्यालेन्जर्स बेंगलुरुलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। दुवै टिमको समान १४ अंक छ। मुम्बईको सन् २०२१ अप्रिल १७ पछि पहिलो पटक आईपीएलको अंक तालिकाको शीर्ष स्थान हो।

Hardik ivf

यो हारसँगै राजस्थान रोयल्स भने प्लेअफको दौडबाट बाहिरिएको छ। ऊ प्लेअफ होडबाट बाहिरिने दोस्रो टिम हो। यसअघि नै चेन्नई सुपर किंग्स पनि प्रतियोगिताबाट बाहिरिसकेको छ। यी दुई टिम पहिलो संस्करणको आईपिएइलको फाइनलिस्ट हुन्।

जयपुरको सवाई मानसिंह स्टेडियममा भएको खेलमा मुम्बईले दिएको २१८ रनको ठूलो लक्ष्य पछ्याएको रास्थान १६.१ ओभरमा ११७ रनमै लआउट भयो। उसका लागि जोफ्रा आर्चरले सर्वाधिक ३० रन बनाउँदा रियान परागले १६, सुभम दुवे १५ रन बनाए। 

राजस्थानको इनिङ धरासायी बनाउने क्रममा कर्ण शर्मा र ट्रेन्ट बोल्डले समान ३ विकेट लिए भने जस्प्रित बुमराहले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको मुम्बईले २ विकेटको क्षतिमा २१७ रन बनायो । यो जयपुरमा आईपीएलको उच्च स्कोर हो। मुम्बईका लागि रायन रिकेल्टनले ३८ बमाल ७ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६१ रन बनाए भने रोहित शर्मा ३६ बलमा ९ चौका मद्दतमा ५३ रन बनाए। यी दुई पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे। यो जारी सिजन मुम्बईको पहिलो विकेटको पहिलो शतकीय साझेदारी हो।

यी दुई बाहेक सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले समान २३ बलमा समान ४८ रन बनाए। यी दुई ले दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे। मुम्बईका चार ब्याट्सम्यानले एकै इनिङमा ४०ं रन बनाए। सूर्यकुमारले लगातार ११ खेलमा २५ रन बनाएर आईपीएल रेकर्ड कायम गरे। 

बलिङमा राजस्थानका महिस थिक्सना र रियान परागले समान १ विकेट लिए।

प्रकाशित मिति: १०:३२ बजे, शुक्रबार, वैशाख १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्