Kathmandu Press

ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ट्ज बर्खास्त

जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पको भित्री घेरामा यो पहिलो ठूलो फेरबदल हो। ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा वाल्ट्जलाई संयुक्त राष्ट्र संघका लागि अर्को अमेरिकी राजदूतका रूपमा मनोनयन गर्ने बताएका छन्।
ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ट्ज बर्खास्त
Hardik ivf

काठमाडौं, वैशाख १९ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जलाई बर्खास्त गर्दै उनको स्थानमा अन्तरिम प्रतिस्थापनका रूपमा विदेशमन्त्री मार्को रुबियोलाई नियुक्त गरेका छन्।

जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पको भित्री घेरामा यो पहिलो ठूलो फेरबदल हो। ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा वाल्ट्जलाई संयुक्त राष्ट्र संघका लागि अर्को अमेरिकी राजदूतका रूपमा मनोनयन गर्ने बताएका छन्।

उनले लेखेका छन्, ‘हाम्रो राष्ट्रको हितलाई प्राथमिकता दिन उनले कडा परिश्रम गरेका छन्।’ संवेदनशील सैन्य योजनाहरू छलफल गरिएको च्याट समूहमा गल्तीले एक पत्रकार थपेकामा वाल्ट्जले आलोचना खेप्नुपरेको थियो

प्रकाशित मिति: ०७:४७ बजे, शुक्रबार, वैशाख १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्