Kathmandu Press

कांग्रेस नेता गर्बुजा उर्जा राज्यमन्त्री नियुक्त

राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपपरिषद्मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार राज्यमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कांग्रेस नेता गर्बुजा उर्जा राज्यमन्त्री नियुक्त

काठमाडौँ,  वैशाख १८ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री नियुक्त भएका छन् । 

राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपपरिषद्मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार राज्यमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए । गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुन् । उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: ०६:३४ बजे, बिहीबार, वैशाख १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्